उज्यालो नेपाल पार्टीलाई देशव्यापी बनाउने घिसिङको प्रतिबद्धता
प्रमुख खबर
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्थापनाको एक वर्षमा विभिन्न चुनौती र सम्भावनाको अनुभव हासिल गरेको बताएका छन् ।
पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पार्टीको संगठन देशव्यापी विस्तार गर्ने प्रतिबद्धता जनाए ।
घिसिङले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि निराश नभई संगठन विस्तार र सदस्यता अभियानमा जुटेको बताए । उनले पार्टी कुनै पनि प्रकारको अतिवादको पक्षमा नरहेको उल्लेख गर्दै सहकार्य, सद्भाव र समावेशितामा आधारित मध्यमार्गी राजनीति अपनाउने बताए ।
उनका अनुसार नेपालको आर्थिक रूपान्तरणका लागि जलविद्युत्, कृषि, वन र पर्यटनको दिगो उपयोगमा आधारित ‘हरित क्रान्ति’ पार्टीको मुख्य लक्ष्य हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
