`

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

Nepal One HD ७ मंसिर २०८३ ११:५२
खेलकुद

काठमाडौं । नेपालले यूएईविरुद्ध टस जितेर बलिङ राेजेकाे छ । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेकाे हाे ।

नेपालका लागि आजको खेल १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) हो । नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई पनि यूएईविरुद्ध नै खेलेको छ।

दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ।

नेपालले यसअघि पहिलो खेलमा २६ रनमा अलआउट हुँदै भारतसँग लज्जास्पद हार बेहोरेको थियो । यूएई पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *