`

लिपुलेकको विषय भारत भ्रमणमा उठाउन दुर्गा प्रसाईंको आग्रह

Nepal One HD ७ मंसिर २०८३ १२:०४
बिशेष

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा लिपुलेकको विषय उठाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई भ्रमणको शुभकामना दिँदै प्रसाईंले लिपुलेक नेपालको अभिन्न भूभाग भएको विषय भारतसमक्ष स्पष्ट राख्न आग्रह गरेका हुन्। साथै, बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रसाईले लेखेका छन् –  प्रधानमन्त्रीज्यू, भारत भ्रमणको हार्दिक शुभकामना !
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको छ । लिपुलेक नेपालको अभिन्न भूभाग हो र नेपालको सहमतिबिना नेपालको भूमिबारे कुनै पनि निर्णय हुन सक्दैन भन्ने कुरा भारतलाई सम्झाउन नबिर्सनुहोला ।
बागडोगरा सैन्य एयरपोर्टका लागि नेपाली आकाश प्रयोग गर्न नदिनुहोला।
All the best हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।
झिक्कैझिक्कै माया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *