`

एनपीएल विजेता सुदूरपश्चिमलाई बधाई दिदै प्रधानमन्त्रीले गरे आठ क्रिकेट मैदान निर्माण गर्ने घोषणा

Nepal One HD ६ मंसिर २०८३ २०:३७
खेलकुद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै उनले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला निर्माण गरिने बताएका हुन्।

प्रधानमन्त्रीका अनुसार आगामी तीन महिनाभित्र आठवटै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइनेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया भने सुरु भइसकेको छ।

क्लबअनुसार निर्माण गरिने रंगशालाहरू:

विराटनगर किंग्स – बैजनाथपुर क्रिकेट रंगशाला

लुम्बिनी लायन्स – सिद्धार्थ क्रिकेट रंगशाला

कर्णाली याक्स – सुर्खेत क्रिकेट रंगशाला

सुदूरपश्चिम रोयल्स – फाप्ला क्रिकेट रंगशाला

काठमाडौं गुर्खाज – कीर्तिपुर क्रिकेट मैदान

पोखरा एभेन्जर्स – पोखरा क्रिकेट रंगशाला

जनकपुर बोल्ट्स – रामजानकी क्रिकेट रंगशाला

चितवन राइनोज – गौतमबुद्ध क्रिकेट रंगशाला

उनले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *