लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो उपाधि
खेलकुद
काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो। जितका नायक जर्ज मुन्सेले अविजित १२५ रनको शतकीय पारी खेले।
यसअघि सुदूरपश्चिम पहिलो र दोस्रो संस्करणमा फाइनलमा पराजित भएको थियो। यसपटक उपाधि जितेसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाउनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
