प्रचण्डले दिए चुनौती – ‘१७ हजारको भारी माओवादीलाई मात्रै बोकाउनेहरू बेइमान हुन्’
बिशेष
काठमाडौं – नेकपाका संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वमा १७ हजार मानिस मारेको आरोप अस्वीकार गर्दै प्रमाणित गर्न चुनौती दिएका छन्।
बिहीबार एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालमा करिब १३ हजार ७० जनाको मृत्यु भएको दाबी गरे। राज्य पक्षले माओवादी भन्दै १० हजारभन्दा बढी नागरिक मारेको र राज्य पक्षका ३ हजारभन्दा बढी व्यक्ति मारिएको उनको भनाइ छ।
दाहालले १७ हजारको दोष माओवादीमाथि मात्र थोपर्नु इतिहासको तथ्य तोडमोड गर्नु भएको टिप्पणी गरेका छन्।
‘म १७ हजारको ट्याग लगाउनेहरूलाई चुनौतीका साथ भन्न चाहन्छु, प्रमाणित गरेर देखाऊ,’ दाहालले भने, ‘नेपाली मरेको १३ हजार ७० वरिपरि मात्रै हो। त्यसमा पनि राज्य पक्षले माओवादी भन्दै १० हजारभन्दा बढी नागरिक मारेको हो। माओवादी विद्रोहमा सेना-प्रहरीसहित राज्य पक्षका मारिएका भनेको ३ हजार प्लस मात्रै हो, यो तथ्य हो।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
