गायिका रेखा पोखरेल कसरी बन्न पुगिन् त गायिका ? यस्तो छ भित्री कथा


काठमाडौँ । गायिका रेखा पोखरेल पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चित नाम हो । करिब ६ महिनामा नै ९० भन्दा बढी गीत रेकर्ड गरिसकेकी रेखा गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिकाका रुपमा गनिन्छिन् ।
बुवा खगराज पोखरेल र आमा तुलसी पोखरेलको कोख बाटदाङ बंगलाचुली गाउंपालिका १ स्युजा खाडामा जन्मिएकि रेखा सानै देखि गीत गाउन अब्बल थिइन । उनि सानै उमेर देखि समाजमा हुने गरेका विभिन्न सांसकृतिक कार्यक्रम तथा बिध्यालय स्तरीय संसकृतिक कार्यक्रम हरुमा भाग लिई आफ्नो कला प्रस्तुत गर्न सफल भैसकेका थिइन । दाङकै शिव प्रा.वि. खाडा मा प्राथमिक तह को अध्यन पश्चात् श्री महेन्द्र मा. वि. स्युजाबोच पोखराबाट माध्यामिक तहको शिक्षा पूरा गरि हाल महेन्द्र मल्टिपल क्याम्पसमा बिबिएस दोश्रो वर्ष अध्यनरत रेखा अहिले गीत संगीत क्षेत्रको सफल कलाकारको दर्जा समेत प्रप्त गर्न सफल भैसकेका छन ।
गायिका रेखा आँफु आजको यो स्थानमा आईपुग्नुको मुख्य श्रेय पत्रकार भोज राज थापालाई दिन्छिन् । भन्छिन् उहाँको सपोर्ट पाएकै कारण म कलाकार बन्ने सपना बोकेर काठमाडौँ आएँ । त्यसपछि मेरो भाग्य फेरियो ।
काठमाडौँ आएको केही दिनमा नै पहिलो एल्बम भाग्यमा श्री छ बोलको गीत रेकर्ड गराईन् रेखाले । आफ्नो संर्घषको कथा सुाउँदै रेखा अगाडी भन्छिन् सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकै बेला कैयौँ संगीतकर्मीको साथले आज यो स्थानमा उभिन सफल छु । अहिले रेखाका दिनहुँ जसो नै गीतहरु रेकर्ड भइरहेका छन् ।