`

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७ प्रतिशतले वृद्धि

Nepal One HD २६ साउन २०८२ १३:०४
अर्थ समाचार

काठमाडौं । गत आर्थिक वर्षभरी जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले यो प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमकको व्यवसाय २७ दशमलव २२ प्रतिशतले बृद्धि भएको छ ।


नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एशियन लाइफ र प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसायमा पनि बृद्धि देखिएको छ ।

गत आवको असार महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीको नयाँ व्यवसाय ३३ दशमलव ९० प्रतिशतले बढे ८ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय १९ दशमलव ५५ प्रतिशतले बढेर ६ अर्ब चार करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, एशियन लाइफको नयाँ व्यवसाय ६५ दशमलव ७५ प्रतिशतले बढेर तीन अर्ब १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

सूर्यज्योति लाइफको नयाँ व्यवसाय २५ दशमलव ७४ प्रतिशतले बढेर
३ अर्ब १८ करोड ६१ लाख रुपैयाँ, एलआइसी नेपालको १६ दशमलव ६४ प्रतिशतले बढेर ३ अर्ब तीन करोड ८१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ९ दशमलव ४० प्रतिशतले बढेर २ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

यता सिटिजन लाइफको २० दशमलव १४ प्रतिशतले बृद्धि भई २ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ४० दशमलव ८८ प्रतिशतले बृद्धि भइ २ अर्ब २० करोड ३७ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफको २ अर्ब १२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यसै गरी आइएमई लाइफले १ अर्ब ९३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १अर्ब ७४ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४५ करोठ रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *