`

हुलाकी सडकबारे रुलिङ नभए संसदमै अनसन बस्ने सांसद मोदीको चेतावनी

Nepal One HD २७ साउन २०८२ १५:००
माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए । आफूले संसद्‌मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे । रुलिङ नभएमा सभामुखको अगाडि अनसन बस्ने समेत उनले चेतावनी दिए ।

‘हुलाकी राजमार्गको कटहरिको खण्ड १० वर्षसम्म बनेको छैन । बनाउन रुलिङ हुन पर्‍यो नभए तपाईँ(सभामुख)को अगाडि अनशन बस्छु,’ सांसद मोदीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *