सेयरबजारमा समान्य अंकले सुधार


काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको हो । आज बजारमा कुल १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयरको लेनदेन हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
सातको पहिलो कारोबारका दिन आइतबार परिसूचक २७ दशमलव १४ अङ्कले घटेर २७६१ दशमलव २२ को बिन्दुमा बन्द भएको थियो ।
आज १७५ कम्पनीको सेयरमूल्य बढ्दा ७४ वटाको घटेको छ । त्यस्तै, युनियन हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र अपर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक वृद्धि भएको छ ।
कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी २१ करोड ७५ लाख २८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
सोमबार बजार पुँजीकरण ४६ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।