वर्षको तुलनामा दोब्बर बढीले गरे नाडा अटो शो अवलोकन


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ झण्डै दुई लाख बढी दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजार बढीले अवलोकन गरेको अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । जुन गत वर्षको तुलनामा दोब्बर हो ।
सबैभन्दा बढी अवलोकनकर्ता गाडी निर्माता कम्पनी दीपलको स्टलमा पुगेका थिए । दीपलको फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) तथा रोबोटसँगै गाडीहरू पनि प्रदर्शनमा राखिएका थिए । दुईपांग्रेतर्फ सबैभन्दा बढी आकर्षण रोयल इन्फिल्ड मोटरसाइकलको स्टलमा देखिएको नाडाले जनाएको छ । प्रदर्शनीमा फ्लाइङ ट्याक्सी, रोबोट, भिन्टेज गाडीलगायत राखिएको थियो ।
नाडा अटो शो सुरु हुनुभन्दा ९ दिनअघि अर्थात् साउन २५ मा नाइमा अटो एक्स्पो सकिएको थियो ।
नाडा अटो शोमा हरेक दिन विभिन्न विषयमा अन्तरक्रियासमेत गरिएको थियो । सडक र यातायातदेखि मेड इन नेपाललगायत विषयमा अन्तरक्रिया गरिएको नाडाले जनाएको छ ।