रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

प्रमुख खबर

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् ।
भण्डारी निवास भंगालमा उनीहरूबिच आज बिहान १० बजेदेखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो ।
भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट हो ।’
भेटवार्ताका क्रममा वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीले चिन्ता र चासो व्यक्त गरेको बताए । त्यसक्रममा सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा भण्डारीले सरोकार राखेको झाले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट