महिला प्रतिनिधित्व स्थापित गर्न मंगलादेवीको योगदान अतुलनीय छ : मन्त्री सिंह
प्रमुख खबर
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मंगलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल महिला संघकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उनको भूमिका अतुलनीय रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंहलगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए ।
त्यस अवसरमा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मंगलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत बताए बताइन् ।
महिलालाई चुल्होचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २४ साउन २००४ मा मंगलादेवी सिंहको अध्यक्षतामा महिला महिला संघ स्थापना भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
