`

कर्मचारीलाई पौने १२ अर्ब बोनस बाँड्दै बैंक तथा वित्तीय संस्थाहरू काठमाडौं

Nepal One HD ११ भदौ २०८२ ८:५६
अर्थ समाचार

काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको नाफामा सुधार भएसँगै कर्मचारी बासेन समेत बढेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको बोनसका लागि ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याएका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले कर्मचारी बोनस प्रयोजनका लागि ९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छुट्याएका थिए । आर्थिक वर्ष २०७८/७९ मा नै बैंकहरूले ११ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेका थिए । त्यसपछिका आर्थिक वर्षमा कर्मचारी बोनस घट्दै गएको थियो । कर्मचारी बोनसका लागि नाफाको १० प्रतिशत छुट्याउनुपर्ने बोनस ऐनमा व्यवस्था छ ।

वाणिज्य बैंकहरूले कर्मचारी बोनसको लागि १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ छुट्याएका छन् भने विकास बैंकहरूले ९६ करोड रुपैयाँ छुट्याएका छन् । यसैगरी, फाइनान्स कम्पनीहरूले १८ करोड रुपैयाँ छुट्याएका छन् ।

कर्मचारी बोनसमा सबैभन्दा धेरै नबिल बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

ग्लोबल आईएमई बैंकले कर्मचारी बोनसको लागि करिब ९८ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै, एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ कर्मचारी बोनसमा छुट्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *