`

सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र, उद्योग मन्त्रालयसँग छलफल जारी (तस्बिरहरु)

Nepal One HD १२ भदौ २०८२ १०:३४
राजनीति

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पुर्व तयारीमा  सिंहदरबारमा बैठक चलिरहेको छ ।

बैठक उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षता तथा सुदुर पश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहको विशेष आतिथ्यतामा चलिरहेको छ।

सुदूरपश्चिममा लगानीको वातावरण निर्माणका लागि उद्योगमन्त्री भण्डारीको विशेष पहलमा आयोजना भएको आजको अन्तरक्रिया कार्यक्रमले सुदुरपश्चिम प्रदेशमा लागानी र विकासको अथाह सम्भावनाको ढोका खोलेको छ।

मन्त्रालयको कार्यक्षेत्र भन्दा बाहिरबाट पनि सुदुरको विकासको हुटहुटी बोकेर हिडेका उद्योगमन्त्री भण्डारीको यो कामले पछिल्लो समय आम नागरिकमा निकै सर्हानिय बनाएको छ।

उद्योग मन्त्रालयसँगको अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, लगायत निजि क्षेत्रका लगानी कर्ताहरुको सहभागिता रहको छ ।

उनीहरुले लगानी तथा विकास सम्मेलनको पुर्व तयारीमा चलिरहेको छलफलमा आ-आफ्ना सुझावहरु दिईरहेका छन् । उक्त सुझावले यो छलफललाई अझै विशेष बनाउने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *