`

एकीकृत समाजवादी र नेकपासँग चाँडै एकता हुन्छ : प्रचण्ड

Nepal One HD १९ भदौ २०८२ १७:२०
माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव ‘नेतृत्व’ को नेकपासँग चाँडै एकता हुने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज (बिहीबार) बसेको पदाधिकारी बैठकमा दुवै दलसँग एकता प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘नेकपासँग एकता गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ त्यही अनुसार छलफल चलिरहेको छ, नेकपासँग लगत्तै माधव नेपालीजीको पार्टीसँग पनि एकता गर्छौं ।’ माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकबाट नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। त्यो निर्णय प्रचण्ड आफैँले विप्लव निवासमै पुगेर जानकारी गराइसकेका छन् ।

नेकपामा जारी बैठकले माओवादीको निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकबाट एकताबारे निर्णय लिँदैछ । यता, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि प्रचण्ड निरन्तर संवादमा छन् । माधव नेपाल माओवादीसँग एकता गर्न तयार भएपनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू एकताको विपक्षमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *