ओलीलाई देउवाको फोन-सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्न आग्रह

राजनीति

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
योसहित भ्रष्टाचारको विरोधमा आज जेनजीले सडक प्रदर्शन गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट