Breaking News: महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे गृहमन्त्री बन्दै


काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे सुशीला कार्कीको मन्त्रिमण्डमा गृहमन्त्री बन्ने भएका छन् । पाण्डे कार्की नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्री बन्ने निश्चित भएको विशेष स्रोतले जानकारी दिएको छ । पाण्डे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का विश्वास पात्र समेत हुन् ।
काठमाडौं महानगरपालिकाले प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको थियो । पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनको २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।
२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन-२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १,५५० कर्मचारीहरुको एक तह माथिको पदमा समायोजन भएको थियो ।