`

माओवादीका नेता किरातीले भने-पार्टीभित्रको सीमा र दायरा भत्काउँदै प्रश्न गरौं र उत्तर खोजौं

Nepal One HD २९ भदौ २०८२ ९:२८
माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्,’ पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ । समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको रु स्पष्ट बनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *