`

आन्दोलनको क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगिन् विद्या (तस्बिरहरु)

Nepal One HD ३ असोज २०८२ १८:१२
राजनीति

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरुलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरु लाई भेटेकी हुन् ।

उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइतेभइ उपचार गराइरहेका प्रहरीहरुको स्वास्थ्य अवस्था चासो देखाइन् । उनले घाइते भएका अन्य सर्वसाधरणलाई पनि भेटेकी थिइन् ।

यसअघि बुधबार घाइते प्रहरीहरुलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दोलनमा ३ जना प्रहरीको मृत्यु भएको थियो भने केही प्रहरीहरु गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । सामान्य घाइते भएका प्रहरीहरु उपचारपश्चात सेवा फर्किसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *