`

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

Nepal One HD ८ असोज २०८२ १८:५७
समाज

गोरखा – गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नायब उपरीक्षक सुवेदीका अनुसार रानामगरको घरबाट प्रहरीले एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले गएराति उहाँको घरमा खनतलासी गरेको थियो । पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *