`

छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा बलियो हुनैपर्छ : गृहमन्त्री

Nepal One HD ११ असोज २०८२ ६:५७
प्रमुख खबर

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय अब अनुसन्धानका प्रक्रियामा जाने बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने स्पष्ट पार्नुभयो ।

“राजनीतिक सम्बन्धका आधारमा विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन, यो सरकारको ‘म्यान्डेड’ सुशासन हो, त्यसो हुन सकेन भने शान्तिसुरक्षा हुँदैन”, गृहमन्त्री अर्यालले भन्नुभयो, “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा बलियो हुनैपर्छ । त्यसका लागि सुशासन आवश्यक छ ।”

सुशासनको अभियानलाई तीव्र बनाउन आफूले ब्यूरोलाई निर्देशन दिएको जानकारी दिँदै गृहमन्त्रीले अनुसन्धान गर्ने निकायले व्यावसायिकता प्रदर्शन गरेर कामलाई अघि बढाउनुपर्ने बताउनुभयो । “रोकिनु नपर्ने विषयहरू रोकिएका छन् तथा नयाँ सुरुआत हुनुपर्ने विषय वस्तु छन्भने त्यसलाई तुरुन्त अघि बढाउनुपर्छ भन्ने निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *