`

राँगा काट्ने क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु

Nepal One HD १४ असोज २०८२ १०:१४
समाज

सुरुङ्गा (झापा), १४ असोजः ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो ।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उहाँको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *