`

जेनजी आन्दोलनपछि देउवा दम्पती पहिलो पटक सार्वजनिक

Nepal One HD २८ असोज २०८२ १४:२१
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् । उनले कांग्रेस केन्द्री समिति बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन्।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *