संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैन : प्रवक्ता महत


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्नेतर्फ वर्तमान सरकार उद्धत रहेको उनले आरोप लगाए ।
सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ । सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए ।
उनले भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।