`

ओलीलक्षित प्रचण्डले भने- संसद विघटन गर्नेले पुनःस्थापनाका कुरा गर्नु हास्यास्पद

Nepal One HD १ कार्तिक २०८२ १६:१६
माओवादी केन्द्र

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले पटक पटक संसद विघटन गर्नेहरुले संसद पुनःस्थापना कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए । उनले वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे। घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाई छ । यसलाई भड्काउने कोशिस नर्गन उनले चेतावनी समेत दिए ।

उनले भने, ‘हिजो पटक पटक संसद विघटन गर्नेहरुले अहिले संसद पुनस्र्थापनका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन । म ती साथीहरुलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु । मैले यहाँ कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन । यथार्थ यही नै हो । नेकपा एमालेका साथीहरुलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर वृहत सहकार्य गरौँ । यो नै देशको, संविधानको, लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भाड्ने दुचेष्टा कसैले नगरौँ ।’

उनले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओली कै सिफारिसमा बनेको पनि दोहोर्याए । आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उनको सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *