घनश्याम भूसालको प्रश्न : मुलुक राजनीतिक ‘ब्ल्याक होल’ तर्फ गइरहेको हो ?
प्रमुख खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ‘ब्ल्याक होल’ तर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् । पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तो राजनीतिक अवस्थाको बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्ने उनको भनाई छ ।
उनले नेकपा एसको एकताको प्रक्रियाको विषयमा पनि बैठकले समीक्षा गर्ने बताए । उनले भने, ‘हामीले यो बैठक असाधारण परिस्थतिमा गर्न लागिरहेका छौं । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दैछौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
