`

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

Nepal One HD १३ कार्तिक २०८२ १४:५३
खेलकुद

काठमाडौं ।  नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा युएईविरुद्ध सतक प्रहार गरेका छन्। ७४औं एकदिवसीय खेलमा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सतक प्रहार गरेका हुन्।

रोहितको यो व्यक्तिगत दोस्रो शतक हो। यसअघि उनले पपुवा न्यु गिनीसँग शतक प्रहार गरेका थिए। दबाबमा रहेको नेपाली इनिङलाई सम्हाल्दै कप्तान रोहितले शतक प्रहार गरेका हुन्।

उनले १२६ बलमा ५ चौका र १ छक्कासहित सतक पूरा गरे। उनले ४६.५ ओभरमा शतक पूरा गरेका हुन्। ४७ ओभर सकिँदा नेपालले ६ विकेट गुमाउँदै २०७ रन बनाएको छ। क्रिजमा हालः रोहित १०० र सोमपाल ६ रनमा खेलिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *