`

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

Nepal One HD १८ कार्तिक २०८२ १५:०४
प्रमुख खबर

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका डा. निकोलश भुसाल गोरखाबाट समातिएका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो। भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ३ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् ।

यसअघि माइतीघरमै प्रदर्शनको क्रममा पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पाइएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *