`

माधव नेपालले पार्टी बनाउन नसकेर प्रचण्डकहाँ गएको ओलीको टिप्पणी

Nepal One HD २० कार्तिक २०८२ १८:०३
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालमाथि पार्टी बनाउन नसकेर झोला बोकेर प्रचण्डकहाँ पुगेको टिप्पणी गरेका छन्।

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पार्टीको गीत विमोचन कार्यक्रममा बोल्दै झलनाथ खनाल पनि अस्ति रातिसम्म आफूकहाँ आएर नजाने बताएपछि हिजो पुगेको भन्दै व्यंग्य गरे। उनले भने, ‘माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित धेरै जानुभएको थियो नि पार्टी बनाउँछु भनेर, अहिले माधव नेपाल झोला बोकेर प्रचण्डकहाँ पुग्नुभयो।’

उनले झलनाथ खनालसँगको भेटमा आफूले सिद्धान्त भन्दा पदको कुरा गर्न भनेको बताए।

उनले थपे, ‘झलनाथजी अस्ति राति १२ बजेसम्म यही हुनुहुन्थ्यो। उता जाँदै जान्न भन्नुहुन्थ्यो, हिजो बिहानै के भएछ कुन्नि, फेरि पुग्नुभएछ। उहाँले सिद्धान्तको कुरा गर्नुहुन्थ्यो, उहाँलाई चाहिएको छ पद सिद्धान्तको होइन पदको कुरा गरौँ भनेको थिएँ। सिद्धान्तको लफडा बेकारको। आफ्नो अहङ्कारले पार्टी फुटाउँछन् अनि सिद्धान्तको लेप लगाउँछन्। पार्टी फुटाउने कुरा कुनै सिद्धान्तले दिन्छरु ’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *