पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त
विश्व
काबुल । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ ।
गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भए पछि हाल उनीहरु कैद मक्त भई स्वदेश फर्केका हुन ।
जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
