इस्तियाकको आरोप : बहुमत पुर्याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गए
काठमाडौं । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बहुमत पुर्याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गएको आरोप लगाएका छन् ।
‘बहुमत जुटाउन खोज्नु भएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको भन्ने पत्र बुझाएर जानु भएको छ.’ राईले भने । जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यसका लागि सहमति भएपछि नेता इस्तियाकले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘कसैले डिभोर्स लिन्छु भन्यो भने रोकेर राख्न मिल्छ ?’ राईको प्रश्न छ । नेताहरू एक अर्को पार्टीमा जानेक्रम चलिरहेको र यही क्रममा कतिपय नेताले पार्टी छोडेको पनि उनले बताए । उनले भने, ‘उहाँहरू कुनै नयाँ पार्टीमा त जानु भएको छैन । तथापि, निर्णय गर्ने उहाँहरूको कुरा हो ।’ राईका अनुसार उनीहरू पनि ध्रुवीकरणको प्रयासमा छन् । उनकाअनुसार संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको छलफल चलिरहेको छ ।
