`

जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)

Nepal One HD १८ मंसिर २०८२ १६:१२
फिचर

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो। आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

तस्बिरहरु :- 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *