प्रधानमन्त्रीसँग दुर्गा प्रसाईको माग : यो व्यवस्थाबारे जनमत संग्रहमा जाऊँ
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जनमत संग्रहको माग राखेको र पुस २ गतेसम्मको अल्टिमेटम दिएको जानकारी दिए ।
उनले भने, ‘मैले राजसंस्था पुनःस्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नु भएको छ ।’ माग पूरा भएन भने चुनाव हुनै नसक्ने प्रसाईले ठोकुवा गरे । उनले भने, ‘माग पूरा भएन भने जनविद्रोह हुन्छ, चुनाव हुँदैन भनेर भनिदिएको छु ।’ उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिए ।
उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए ।
