`

सरकार धम्कीबाट डराउँदैन, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौं: प्रधानमन्त्री

Nepal One HD २३ मंसिर २०८२ १२:५६
राजनीति

प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारीलाई कारबाही गर्न सरकार कठोरतापूर्वक प्रस्तुत हुने बताएकी छन् । भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो,’प्रधानमन्त्री कार्कीले  भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका उपलब्धि हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन।‘

भ्रष्टाचारविरूद्धको कारबाही अगाडी बढाउँदा सरकारलाई विभिन्न ठाउँबाट धम्की आउने गरेको पनि उनले बताइन् । भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुँदा सरकारलाई प्रत्यक्ष वा परोक्ष रुपमा धम्की आउने गरेको उनले बताइन् । तर, त्यस्तो धम्की कसले दिएको हो भन्ने उनले कुनै संकेत भने गरिनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *