अर्जुनको फूलले बिझाको देखेको छौ रमा विक्रमर सुरक्षा इटानीको रोमान्स
भिडियो
लोकप्रिय संगीतकार अर्जुन पोखखरेलले आफ्नो नयाँ गीत फूलले बिझाको देखेको छौ रको भिडियो सार्वजनिक गरेका छन्। गीतमा टिकटकर रियल जोडी भनेर चर्चामा आएका विक्रम घिमेरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा देखिएका छन् । गीतमा आफ्नै गायनमा अर्जुन पोख्रेललाई शान्तश्री परियारले स्वरमा साथ दिएकी छिन्।
भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायांकन भुपेन्द्र थापा मगरले गरेका छन्। भिडियोमा काभ्रेको पनौती आसपास क्षेत्रका रमणीय दृश्यहरू कैद गरिएको छ, जसले गीतको रोमान्टिक र भावनात्मक माहोललाई अझ प्रभावकारी बनाएको छ। गीतको शब्द–संगीत र भिडियोले समसामयिक नेपाली संगीत प्रेमीको ध्यान खिच्ने विश्वास व्यक्त गरिएको छ। गीतमा शब्दको समायोजन साच्चै मन छुने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
