जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्यमा भयो विस्तार
टोकियो । जापानले मध्ये एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो । प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरेकी छिन् । बैठकपछि जारी संयुक्त वक्तव्य अनुसार जापानले मध्ये एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ । जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ ।
वक्तव्यमा उल्लेख छ,‘ प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्ये एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्वपूर्ण छ ।’
नेताहरूले महत्त्वपूर्ण धातु आपूर्ति श्रृङ्खला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवद्र्धन गर्ने र वातावरणीय लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । साथै, उनीहरूले रूस, चीन र युरोपेली सङ्घका शीर्ष नेतासँग यस वर्ष अलग–अलग शिखर सम्मेलन पनि गरेका छन् । विशेषज्ञहरूले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् ।
मध्ये एसियाका राष्ट्रहरू प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतहरूको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय को आवश्यक रहेको छ ।
