`

उपकुलपतिलाई कार्यकक्षमै दलियो मोसो

Nepal One HD ६ पुष २०८२ १२:०८
प्रमुख खबर

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कार्यकक्षमै कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले ५–६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि मसी छर्केर दुव्र्यवहार गरेको जनाएको छ । उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको डीएसपी चक्र शाहले बताए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ, डीएसपी शाहसहितको प्रहरी टोली पुगेको छ ।

डीएसपी शाहले घटनाबारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको जानकारी दिए । दैलेखको दुल्लु स्थायी घर भएका उपकुलपति वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गर्दछन् । ज्योतिष शास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम गरेका थिए । नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *