चुनाव सार्ने नाटक नगर्न लामिछानेको चेतावनी
काठमाण्डौँ । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा स्वागत गरिएको छ । आईतबार रास्वपाका नेता तथा कार्यकर्ताले बाजागाजा र चर्को नाराबाजीसहित उनलाइ स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै लामिछानेले चुनाव सार्ने नाटक नगर्न चेतावनी दिएका छन् । घुमाउरो भाषामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ लक्षित गर्दै ‘कलिला नानीबाबुहरुको रगत पिएकाहरु संसद पुनस्स्थापना गर्ने र चुनाव सार्ने नाटक गर्दैछन् । उनिहरुलाई त्यसो नगर्न हामी चेतावनी दिन चाहन्छौ। ’ साथै उनले वर्तमान सरकारलाई कसैको डर, धम्कि र त्रास बिना काम गर्न सुझाएका छन् । ‘अब यो देशमा रास्वपा उभीसकेको छ। त्यै भएर तपाईहरु निर्धक्क भएर काम गर्नुस ‘ उनले भने।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा करीब आठ महिनाको हिरासत बसाईपछि गत शुक्रबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
