`

अमेरिकामा १८ जना कोलम्बियाली सैनिक अपहरण

Nepal One HD ७ पुष २०८२ १८:५७
विश्व

अमेरिका ।  इएलएन छापामार समूह विरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई अपहरण गरिएको रक्षामन्त्री पेड्रो सान्चेजले बताएका छन् । पनामाको सीमा नजिकै देशको उत्तरपश्चिममा रहेको चोको विभागमा सैनिकहरूलाई “लगभग २०० जनाले घेरी उनीहरूको इच्छा विपरीत जबरजस्ती आदिवासी आरक्षणमा सारिएको सान्चेजले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् । 

 

सन् १९६४ मा स्थापित र क्युबाली क्रान्तिबाट प्रेरित, इएलएन, वा राष्ट्रिय मुक्ति सेना, अमेरिकाको सबैभन्दा पुरानो जीवित छापामार समूह हो । समूहले कोलम्बियाका प्रमुख लागु औषध उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गर्दछ, जुन पछिल्लो समयमा सबै भन्दा खराब सुरक्षा सङ्कटसँग जुझिरहेको जनाइएको छ ।

 

यो घटनामा  रक्षामन्त्रीले सेनाको अपहरणको निन्दा गर्दै सैन्य कारबाहीमा प्रतिबन्धले स्थानीय समुदायलाई “गम्भीर जोखिममा“ पारेको बताएका छन् ।  

 

अपरेसनहरूको उद्देश्य नागरिक र विशेष गरी आदिवासी समुदाय –नाबालिगहरूको भर्ती, जबरजस्ती विस्थापन र हिंसासँग सम्बन्धित अन्य कार्यहरूको खतराहरूबाट जोगाउनु रहेको सान्चेजले उल्लेखगरेका छन्  । 

 

यो घटनाको छानबिनको लागि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयमा आपराधिक उजुरी पनि दर्ता गरिएको छ । चोकोकी गभर्नर नुबिया कोर्डोबाले “कानुनी कर्तव्य पालन गरिरहेका १८ जना सैनिकलाई हिरासतमा लिएपछि“ उनीहरूको रिहाइका लागि सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको जनाइएको छ ।

  

गत सेप्टेम्बरमा ७२ जना सैनिकहरूलाई मिके क्यानियनमा सयौं बासिन्दाहरूले हिरासतमा लिएका थिए ।

 

त्यस्तै एक महिना अघि मात्रै पनि ३३ जना वर्दीधारी कर्मचारीहरूलाई ग्वाभियरको विभागमा तीन दिन सम्म बन्दि बनाएर रिहा गरिएको थियो ।

 

 – एजेन्सी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *