`

प्रभाकर देव शर्माको ‘धोका’मा आयुष्माको अभिनय

Nepal One HD ९ पुष २०८२ १७:४७
भिडियो

काठमाडौं । प्रभाकरदेव शर्मा नेपाली कला क्षेत्रका बरिष्ठ कलाकार हुन् । कमैलाई थाहा होला लेखक तथा निर्देशक समेत रहेका उनी गीतकार, गायक र संगीतकार समेत पनि हुन् । बेला बेलामा उनका गीत सांगीतिक बजारमा भित्रिदै आएको छ । यस्तै शर्माको शब्द, संगीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन् ।

श्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरु ब्यक्त गरिएका छन् । शर्माले गीतमा ड्रामा पनि समेटेका छन् । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश बर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियो सामान्यतय भन्दा फरक र मार्मिक छ ।

भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुष्मा कार्की र सिद्धार्थ सिलवाल देखिएका छन् । मदन थापा, सुवासचन्द्र सिलवाल र सितल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा बिशाल केसी र बुलेटको छायांकन छ भने सम्पादन बिशाल केसी र दिल श्रीपाल रहेका छन् । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो ।

शर्मामा यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेका छन् । ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’ लगायतका गीत चर्चामा रहन सफल छन् । ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ यो चर्चित राष्ट्रिय गीतका शब्द पनि शर्माले नै कोरेका हुन् । बिगत ४ दशकदेखि कलाको थुप्रै बिधामा क्रियासिल शर्मा पछिल्लो समय फिल्म निर्देशन तयारी गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *