`

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ – अध्यक्ष यादव

Nepal One HD १३ पुष २०८२ ८:५४
राजनीति

मोरङ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् । पार्टीको १ नं प्रदेश समितिद्वारा हिजो विराटनगरमा आयोजित जनसभामा निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे।

अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे । उनले सबै राजनीतिक दल सुशासन कायम गर्नेरगराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले गत भदौ २३ गतेको भएको जेनजी प्रदर्शन युवाको आवाज भएकाले मुुलुकमा राजनीतिक स्थिरताका लागि सोहीअनुसार संविधान संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । युवाको माग सम्बोधन गर्न सबै राजनीतिक दल सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *