पुराना नेता गुरु र नयाँ शिष्यजस्तै हुनुपर्छ : सुनिता डंगोल
नेकपा एमाले
काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पार्टीमा युवा नेताहरूलाई उपयुक्त जिम्मेवारी दिन माग गरेकी छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसामु उनले यस्तो माग गरेकी हुन् ।
पार्टी महाधिवेशनबाट क्लस्टर छुुट्टयाएर केन्द्रीय सदस्य बनाएपछि उपयुक्त जिम्मेवारी दिनुपर्ने र त्यसो गर्दा युवाहरूसँग पार्टीले जे अपेक्षा गरेको छ, त्यो पूरा हुने बताइन् ।
पार्टीमा पुस्तान्तरण एक व्यक्तिलाई हटाएर अर्कोलाई ल्याउँदैमा नहुने धारणा राखेकी छिन् । यसबाहेक पार्टीमा नयाँ र पुराना नेताहरूबीच अन्तरसिकाइमा जोड दिएकी छिन् ।
मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा उनले भनिन्, ‘पुराना नेता गुरु र नयाँ शिष्यजस्तै हुनुपर्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
