`

जेनजीलाई गगनको आग्रह : महाधिवेशनपछि तपाईहरूसँग मिलेर सहकार्य गर्छु (भिडिओ)

Nepal One HD २६ पुष २०८२ १४:४३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको दौडधुप सकिएपछि जेनजी (Gen Z) अभियानसँग मिलेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । आज सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले जेनजीले उठाएका राष्ट्रिय महत्वका मुद्दामा साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

थापाका अनुसार जेनजी मुभमेन्टले अघि सारेका विशेष गरी सुधार (रिफर्म) सम्बन्धी विषयमा निर्वाचनअघि नै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकबीच राष्ट्रिय तहको संवाद र सहमति हुनुपर्ने उनको धारणा छ । यसअघि आफूले सामाजिक सञ्जालमार्फत यही प्रस्ताव राख्दा धेरैबाट सकारात्मक प्रतिक्रिया र उपयोगी सुझाव प्राप्त भएको उनले उल्लेख गरे ।

उनले कतिपयले व्यक्तिगत रूपमा समेत सुझाव र आइडिया दिइरहेको भन्दै अहिले नै अनौपचारिक रूपमा सहकार्य सुरु भइसकेको बताए । ‘हामी मिलेर निर्वाचनअघि नै जेनजी मुभमेन्टले उठाएका प्रमुख मुद्दाहरूमा राष्ट्रिय स्तरको एउटा समझदारी बनाउन सक्छौँ भन्ने विश्वास छ’, थापाले भिडियो सन्देशमा भनेका छन्। गगन थापाको यो अभिव्यक्तिलाई युवापुस्तासँग राजनीतिक दलको दूरी घटाउने र नीतिगत सुधारका एजेण्डामा साझा मोर्चा बनाउने संकेतका रूपमा हेरिएको छ।

हेर्नुस् भिडियो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *