`

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो, पार्टीले पदको ठूलो मोलभाउ गर्यो भन्ने कुराहरु गलत – घिसिङ

Nepal One HD २६ पुष २०८२ १९:२५
प्रमुख खबर

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको बताएका छन् । शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए ।

रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको पनि उनले बताए ।

उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ । हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो । म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए । म एउटा साधारण सदस्य भएर बस्छु हाम्रो केन्द्रीय सदस्यहरुलाई मिलाएर अगाडि बढौं पनि भनेको थिए । तर उहाँहरुले धेरै समय लिनुभयो र अन्तिममा आएर एकतर्फि रुपमा उहाँहरुले यो सहमति भंग भएको घोषणा गर्दिनुभयो, हामीले गरेको होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *