`

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

Nepal One HD ३० पुष २०८२ १२:३८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा यसअघि नै गगन थापाले उम्मेदवारी दिएका थिए । सभापतिमा थापाको एकल उम्मेदवारी परेको हो । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *