`

एमालेका उपमहासचिव योगेश भट्टराईले खोले शेरबहादुर देउवाको पोल

Nepal One HD २ माघ २०८२ १९:४४
नेकपा एमाले

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले विभाजित कांग्रेस कुनै उपायले पुनः एक हुने अवस्था बनोस् भन्दै शुभकामना समेत दिए ।उपमहासचिव भट्टराईले संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण गर्दै भने, ’संसद् एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन ।

त्यतिबेला हामीले भनेका थियौ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है ? २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिका के थियो ? ’लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *