कुलमानकाे चुनावी वार्मअप : काठमाडौंमा बृहत् मोटरसाइकल र्याली
नेपाली कांग्रेस
काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
पार्टीको निर्वाचन परिचालन समितिको संयोजनमा शनिबार काठमाडौंको तीनकुने, थापाथली, जमल, कमलपोखरी, गौशला हुँदै तीनकुनेसम्म मोटरसाइकल र्याली निकालेको हो ।
पार्टीले मोटरसाइकल र्यालीलाई प्रतिनिधिसभा निर्वाचनको वार्मअपको रूपमा लिएको छ ।
गत साता रास्वपासँग एकता भाँडिएपछि घिसिङ नेतृत्वको उनेपाले एक्लै निर्वाचन लड्ने तयारी गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीसँग यो दलले हालै एकता गर्यो ।
तर, निर्वाचनकेन्द्रित गतिविधि खासै गरेको देखिएको छैन । जबकि, प्रतिनिधिसभा निर्वाचन आगामी डेढ महिनामा हुँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
