`

शिक्षामन्त्री पुनले पनि राजीनामा दिँदै

Nepal One HD ६ माघ २०८२ १०:०२
राजनीति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिँदै छन् । उनी निकट स्रोतका अनुसार मन्त्री पुनले आज पदबाट राजीनामा दिनेछन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीबारे मन्त्री पुनले अहिले केहि पनि खुलाएका छैनन् ।

यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्ता समेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन् । मन्त्री छँदै उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङ त केही दिन अघिदेखि चुनावी अभियानमा समेत सक्रिय भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *