आफू म्याग्दी तिर दगुर्नुको कारण खुलाए पूर्वमन्त्री महावीरले
काठमाडौं। पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार नगरेका कारण आफु निर्वाचनमा उम्मेदवार बन्न गएको बताएका छन् ।
पुनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट मनोनयन गराएका छन् । उनले एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याएका कारण आफुलाई रीस उठेको र म्याग्दी तिर दगुरेको बताएका छन् ।
उनले लेखेका छन् –
अव उकालो लागियो मुना गाउँ तिर चुनाव प्रचार प्रसार गर्न । शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड़ने थिएन । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याए। अनि त रीस उठ्यो र म्याग्दी तिर दगुरें ।
